युवती पिट्ने ‘धर्तीमाता’ रिहा



काठमाडौंको भद्रकालीमा आफूलाई धर्तीमाता भन्दै युवतीलाई कुटपिट गर्ने विष्णु कुँवर ३० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छिन् ।

उनी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार र जिल्ला अदालत काठमाडौंबाट २० हजार गरी कुल ३० हजार रुपैयाँ धरौटीमा मंगलबार रिहा भएकी हुन् ।

उनले भद्रकाली मन्दिरमा एक युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनलाई पक्राउ गर्न चौतर्फी दबाब सिर्जना भएको थियो । सोही दबाबका कारण काठमाडौं प्रहरी परिसरको विशेष टोलीले कुँवरलाई १३ असारमा बालाजुबाट पक्राउ गरेको थियो ।

युवतीलाई कुटपिट गरेको भिडियो भाइरल भए पनि उनीमाथि मुद्दा दायर गर्न पीडित पक्ष उपस्थित भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News