बाढी-पहिरोमा ज्यान गुमाउनेप्रति प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षाका कारण आएको बाढी पहिरोमा परेर ज्यान गुमाउने प्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ । शुक्रबार साममाजिक सञ्जाल मार्फतट आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोबाट ६ जनाको मृत्यु भएको र ७ जना बेपत्ता भएको जानकारी समेत दिनुभएको छ ।


उहाँले बाढीमा परेकाको उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको र सम्बन्धित मन्त्रालयहरू पनि पीडितहरूको उद्दारमा सक्रिय रहेको उल्लेख गर्नुभएको छ । सर्लाहीस्थित भारतसँगको सीमाक्षेत्रमा पनि दुवै देशका अधिकारीबीच समन्वय गरेर बाढीको प्रभाव कम गर्ने र वहाब खुलाउने काम भइरहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्