बाढीपहिरोबाट ५० जनाको मृत्यु, अझै ३० जना वेपत्ता


 


काठमाडौं–बिहीबारदेखिको अविरल वर्षाका कारण हालसम्म ५० जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म २२ महिला र २८ पुरुष गरी जम्मा ५० जनाको मृत्यु भएको हो । यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार १३ महिला र १७ पुरुष गरी जम्मा ३० जना वेपत्ता भएका छन् भने ११०४ जनाको जिवितै उद्दार गरिएको छ ।

बाढीबाट भएको मानवीय क्षतिबारेको विवरण हेर्नुहोस्

प्रकाशित मिति: २९ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्