धनुषामा माइक्रो र टेम्पो ठोक्किँदा ४ जनाको मृत्यु


 


जनकपुर, साउन १३

धनुषाको छिरेश्वरनाथ नगरपालिका–४ प्लाइ फ्याक्ट्री अगाडी आईतबार साँझ माइक्रो र टेम्पो आपसमा ठोकिंदा ४ जनाको मृत्यु भएको छ ।जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना१ज ७०२२ नम्बरको विङ्गर कम्पनीको माइक्रो र विपरित दिशाबाट आउँदै गरेको ज१ह ४८९६ नम्बरको टेम्पो हिजो साँझ पौने ६ बजे आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा स्थानीय ७२ वर्षीय रामदेव साह र सिराहाकी ४० वर्षीया रेखा यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टेम्पो चालक छिरेश्वरनाथ–४ कै २४ वर्षीय रोशन साहको रमदैया स्थित जानकी मेडिकल कलेज र धनुषाकै हंसपुर मल्हनियाका २२ वर्षीय संजय साहको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।  माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।सो दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

प्रकाशित मिति: १३ श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्