भारतले एकतर्फी बनाएको बाँधका कारण तराई डुबानमा : संसदीय समिति


 


काठमाडौँ, साउन १३

संसदीय समितिले छिमेकी मुलुक भारतले एकतर्फी रुपमा निर्माण गरेको बाँधका कारण तराई क्षेत्र डुबानमा परेको निष्कर्ष निकालेको छ ।संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुबानको स्थलगत अनुगमन गरेर तयार पारेको प्रतिवेदनमा भारतद्वारा निर्मित बाँधका कारण तराई क्षेत्रमा डुबान भएको निष्कर्ष निकालेको हो ।

प्रतिवेदनमा चुरेमा भएको जथाभावी दोहन र विनाशका कारण पनि तराईका जिल्लाहरु डुबानमा पर्ने गरेकोसमितिकी उपसचिव बबिता मिश्रले जानकारी दिनु भयो ।

बाढी, पहिरो र डुबानबाट पीडितलाई तत्काल उचित राहतको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिन सिफारिस गरेको छ । समितिका सदस्यहरुले प्रतिवेदनमाथि सुझाव दिने र त्यसैको आधारमा प्रतिवेदनलाई पूर्णता दिई सरकारलाई आवश्यक निर्देशन दिने समितिको तयारी छ ।

प्रकाशित मिति: १३ श्रावण २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्