कपिलवस्तुमा गोली चल्यो, समाजवादी पार्टीका नेता घाईते


 


कपिलवस्तु । कपिलवस्तुको दक्षिणी क्षेत्रमा अवस्थित शुद्धोधन गाउँपालिकामा स्थानीय एक नेता माथि गोली प्रहार भएको छ । गाउँपालिकाको वडा नं ३ सुसरीया पूल निर विहीबार दिउँसो २ बजेको समयमा स्थानीय समाजबादी पार्टीका नेता माथि गोली प्रहार भएको बताइएको छ ।

स्थानीय रामनयन यादवमाथि गोली प्रहार भएको हो । यादव पूर्व नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उम्मेद्वार समेत हुन् । उनी हाल समाजबादी पार्टीमा छन् ।

गाउँपालिकाको वडा नं ५ देवपुर स्थायी घर भएका यादव जिल्ला सदरमुकाम तौलिहवा आउँदै थिए । उक्त मौका छोपेर मोटरसाइकलमा सवार दुई जना अज्ञात समूहले गोली प्रहार गरी गरेको हो । गोली लागेर यादव घाइते भएका छन् । उनको अहिले तौलिहवामा उपचार भैरहेको बताइएको छ ।

स्थानीयका अनुसार उनको देब्रो पाखुरामा गोली लागेको छ । दिउँसो २ बजे गोली हान्ने अज्ञात समूहलाई प्रहरीले तत्काल पक्राउ गर्न सक्ने अवस्था भएपनि पक्राउ गर्न नचाहेको भन्दै स्थानीय आक्रोसित भएका छन् । घटनाको थप विवरण आउँन बाँकी छ ।

प्रकाशित मिति: १६ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्