विप्लवबारे नबोल्न प्रहरीलाई गृहको निर्देशन


 


काठमाडौं । गृह मन्त्रालयले प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधीबारे नबोल्न प्रहरीलाई निर्देशन दिएको छ।मन्त्रालय स्रोतका अनुसार विप्लव समूहका गतिविधीलाई सशस्त्र प्रहरीले समेत हेरिरहेकाले गृहमार्फत मात्र सुचना प्रवाह गर्न लागिएको हो। आन्तरिक सुरक्षाको मुख्य जिम्मेवारी पाएको नेपाल प्रहरीले विप्लव समूहका गतिविधीलाई निगरानी र नियन्त्रण गर्दै आएको छ।

‘प्रहरीलाई विप्लवबारे नबोल्न भनेर निर्देशन आएको बुझिएको छ’, प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अधिकारीले भने।

प्रकाशित मिति: १७ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्