रवि लामिछानेको समर्थनमा नायिकाहरु सडकमा


 


काठमाण्डौँ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा दुरुत्साहनमा मुद्दा दर्ता भएको छ। नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा लामिछानेले पत्रकार शालिकराम पुडासैनीलाई आ त्मह त्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै तदनुरूप मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेपछि सो मुद्दा दर्ता भएको हो। जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले रवि लामिछाने, उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीले पुडासैनीलाई आ त्मह त्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै उनीहरू तीन जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा १८५ अन्तर्गत मुद्दा चलाउन सिफारिस गरेको थियो।

सीआईबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्नो अनुसन्धान पूरा भएको जानकारी पत्रकार सम्मेलन गरेर दिएका थिए।हाम्रा चितवन संवाददाता ईश्वर जोशीका अनुसार लामिछानेलाई मुद्दा दर्ता गरिँदा उनका हजारौँ समर्थकले अदालतबाहिर नाराबाजी गरेका थिए। तीमध्ये महिलाहरूको सङ्ख्या उल्लेख्य छ।

तीन जनालाई बिहान सवा नौ बजेतिर नै जिल्ला अदालत लगिएको थियो। मुद्दा भने दिउँसो दर्ता भएको हो। लामिछानेको समर्थन गर्नेहरूमा कलाकार र पत्रकारहरू पनि भएको जोशीले बताएका छन्।अब चितवन जिल्ला अदालतले अभियुक्तहरूको थुनछेक बयान लिनेछ। बयानका आधारमा उनीहरूलाई थुनामा राख्ने, धरौटीमा वा साधारण तारेखमा छोड्ने निर्णय गर्नेछ।

आ त्मह त्या दुरुत्साहनको अभियोग प्रमाणित भएमा अभियुक्तहरूलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ।गत वर्ष भदौदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध ९संहिता० ऐनले आत्महत्या गर्न बाध्य पार्नेलाई सजायको व्यवस्था गरेको हो।

यसै क्रममा मध्यरातमा कलाकारको जम्बो टोलि पनि चितवन पुगेको छ । काठमाण्डौमा हिजो पत्रकार सम्मेलन गरेर रविको खुलेरै समर्थन गरेका कलाकारहरु रविलाई भेट्न मध्यरातमा चितवन पुगेको समाचार हामीले यो भन्दा पहिलेको नै अपडेट गराइसकेका छौ । चितवनमा पुगेका कलाकारले रविलाई भेटेपछि आफु रविको साहस देखेर चकित परेको बताएका छन् ।

उनीहरुले उहा साच्चै नै महान हुनुहुन्छ, हिरासतमा बसेर पनि उहामा सहस र हिम्मत उस्तै देख्दा खुसि लागेको र यो दृश्यले आफु रोएको कुरा कलाकार दिपाश्रीले पनि बताएकी छन् । कलाकार दिपक्राग गिरि, दिपाश्री निरौला, केदार घिमिरे लगाएत अन्य चर्चित कलाकारहरु अहिले चितवनमा रविको रिहाइका लागि पर्खेर बसेका छन् ।

प्रकाशित मिति: ८ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्