१ नम्बर प्रदेशको लोकसेवा आयोग विधेयक पारित


 


विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभाको मंगलबार बसेको बैठकले ‘प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ बहुमतले पारित भएको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव पेश गर्नुभएको थियो । मन्त्री कार्कीले विधेयक संवैधानिक आधार र मापदण्डमा आधारित भएर आएको बताउनुभयो । उहाँले विधेयकलाई लचिलो र व्यावहारिक बनाउन प्रयास भएको छ भन्दै यसका पदाधिकारीहरु समावेशी आधारमा एक महिलासहित तीन जनाको हुने जानकारी दिनुभयो ।

प्रदेश लोकसेवा आयोग विधेयक न्याय, प्रशासन तथा विधायन समितिमा व्यापक छलफल गरी प्रतिवेदन समितिका सभापति इन्द्रमणि पराजुलीले सदनमा पेश गर्नुभएको थियो । उहाँले यो विधेयकको मस्यौदामा सात जना सदस्यले संशोधनका लागि प्रस्ताव दर्ता गराएको जानकारी दिँदै विज्ञ, आन्तरिक मामिला तथा कानूनमन्त्री, कानून सचिवहरुको व्यापक छलफल पछि सो विधेयक आएको बताउनुभयो ।

प्रकाशित मिति: ११ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्