कोलकातामा नेपालकै कन्टेनर स्टेसन


 


कोलकाता । भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन (सिएफएस) सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले खिदिरपुरस्थित बन्दरगाहअगाडि बनेको सिएफएस बिहीबार उद्घाटन गरे । सो अवसरमा उनले भने, ‘नेपालको व्यापारलाई व्यवस्थित बनाउँदै लैजानुपर्नेछ ।’

कोलकातामा अहिले आयातकर्ताले एक टन सामानबापत सिएफएसको भाडा प्रतिदिन भारतीय रुपैँया ४५ देखि ६५ सम्म तिर्छन् । नेपालको सिएफएसमा आधा मोलमै सो सुविधा उपलब्ध हुनेछ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

प्रकाशित मिति: १३ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्