संविधान दिवसको अवसरमा प्रदेशभरी निःशुल्क स्वास्थ्य सेवा


 


धनगढी, असोज २
संविधान दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशमा आज निःशुल्क स्वास्थ्य सेवा दिइँदैछ । सम्पूर्ण अस्पतालमा ओपिडी सेवा न्ःिशुल्क छ ।

संविधान दिवसको अवसरमा प्रदेश सरकारले निःशुल्क ओपिडी सेवा दिने निर्देशनअनुसार आज निःशुल्क सेवा दिने काम भइरहेको हो ।

दिवसको अवसरमा आजदेखि घर–घरमा दिपावली गर्ने कार्यक्रम पनि छ । सबै सरकारी कार्यालयमा दिपावली गर्ने कार्यक्रम छ । प्रदेश सरकारले असोज ३ गते (भोलि) विहान ७ बजे ट्राफिक चौराहदेखि धनगढी रंगशालासम्म झाँकीसहित प्रभातफेरी गर्ने कायक्रम छ ।

प्रकाशित मिति: २ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्