जितिया पर्वको ब्रत बसेकी बृद्धाको मृत्यु


 



महोत्तरी, असोज ६
महोत्तरीको एकडारा गाउापालिकामा जितिया पर्वको ब्रत बसेकी एक वृद्धाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ बगेया गाउँ बस्ने ७१ वर्षीया मिथिलेशदेवी पाण्डेको मृत्यु भएको हो ।

यस वर्षको जितिया पर्व लामो अवधिको भएका कारण ती वृद्धा खाली पेट बस्न नसक्दा मृत्यु भएको वडाध्यक्ष समन्तकुमार रायले बताए । यो पर्वको ब्रत बस्ता खानेकुरा वा पानी पनि खाएमा पर्व भंग हुने मान्यता रहेको छ ।

बृद्धाले पनि केही खान नमानेपछि उनको मृत्यु भएको वडाध्यक्ष रायले बताए । शनिबार विहान ४ बजेदेखि जितिया पर्वको ब्रत बसेकी बृद्धाले आइतबारसम्म खानेकुरा र पानी पनि खाएकी थिइनन् ।

प्रकाशित मिति: ६ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्