ज्ञानेन्द्र शाही कुटिएपछि मनोज गजुरेलले दिए यस्तो सुझाव


 


काठमाडौं, असोज १२
चितवनमा हिजो ज्ञानेन्द्र शाही कुटिएपछि चर्चित हांस्यव्यंग्य कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । हाल दक्षिण कोरियामा रहेका गजुरेलले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै केही सुझावहरु दिएका छन् ।

गजुरेललको सुझाव यस्तो छ

कुटपिट र अवरोधले ‘अभियानहरु’ सकिन्नन् कमरेड ! राजनैतिक र प्रशासानिक क्षेत्रको भ्रष्टाचार उखेल्दिनुस् न, बिरोध र अराजकता आफैं बन्द हुन्छ नि । ज्ञानेद्र शाहीको प्रस्तुती र शैलीको बारेमा फरक मत होला ।

तर, उनको बिरोधमा बाहुबलको प्रयोग र प्रबेश निषेधको राजनीति गलत हो । प्रश्नहरुको जवाफ राम्रा कामले दिनुपर्छ, कुटपिट र अवरोध गरेर हैन । नत्र के फरक भयो र !

प्रकाशित मिति: १२ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्