यस्तो छ आगामी तीन दिनको मौषमी विवरण, मौषमविद्ले दिए यस्तो जानकारी


 


काठमाडौं, असोज १३
आजपनि देशका पूर्व र मध्य भू भागमा सामान्य देखि पूर्णतया बदली रही पूर्वका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशका पूर्वी र पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदली रही बांकी भू भागमा आंशिक बदली रहनेछ।

पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्गको सम्भावना छ। राती देशको पूर्व र मध्य भेगमा आंशिक देखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ।

मौसम विश्लेषण )Meteorological Analysis):
भारतको गुजरात र अरब सागर आसपासमा रहेको न्यून चापिय प्रणाली अवदाब (Depression) मा परिवर्तित भएको छ। भारतको उत्तर प्रदेशमा रहेको न्यून चपीय प्रणालीको असर नेपालको पूर्वी र मध्य भू-भागमा रहेको छ। यि दुई प्रणालीका कारण नेपाल मा बंगालको खाडी र अरब सागर बाट जलवाष्पयुक्त हावा आइरहेको छ।

देशभर समग्र मौसमको अवस्था )Present Weather Status):
हाल देशका पूर्व र मध्य भू-भागमा सामान्य देखि पूर्णतया बदली रही पूर्वका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

असोज १३ गते (सोमबार)
दिउँसो: देशका पूर्वी र पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्गको सम्भावना छ।
राती: देशको पूर्व र मध्य भेगमा आंशिक देखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ।

असोज १४ गते (मंगलबार)
दिउँसो: देशभर आंशिक बदली रही थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।
राती: देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्व र मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ।

असोज १५ गते (बुधबार)
दिउँसो: देशभर आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती: देशभर आंशिक बदली रही पूर्व र मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ |

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्