आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणीको पूजाअर्चना गरिदै


 



काठमाडौं, असोज १३
नेपालीको महान चाड बडादशैंको दोस्रो दिन आज देवी मन्दिर तथा शक्तिपीठहमा माता भगवती ब्रह्मचारिणीको पूजाआजा गरिदैछ ।

बह्मचारिणी देवीलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।

सांसारिक मायामोहको जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकषिउत गरि मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक रहेको बताइएको छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीकका रुपमा लिइन्छ ।

ब्रह्मचारिणी माता पार्वतीको विवाह पूर्वको अवस्थामा रुपमा चर्चा गरिएको छ । पार्वतीको रुपमा यो ब्रह्मचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवी भागवतलगायतका ग्रन्थहरुमा उल्लेख छ । देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरि पूजा गरिन्छ ।

नवरात्रको नौं दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ. दिन स्कन्दमाता, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागोरी र नवौं दिन सिद्धिदात्रीको पूरा गर्ने गरिन्छ ।

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्