अस्पतालको बेडबाट ज्ञानेन्द्र शाहीले गरे यस्तो सनसनीपूर्ण खुलासा


 


काठमाडौं, असोज १३
शनिबार चितवनमा कुटाइ खाएर काठमाडौंमा उपचाररत ज्ञानेन्द्र शाहीले पर्यटन मन्त्री योगेश भट्टराई र भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालको निर्देशनमा उनिहरुका कार्यकर्ताले आफूलाई कुटेको बताएका छन् ।

आफूलाई मार्ने उदेश्यले शनिवार चितवनमा ढुंगामुढा र आक्रमण गरेको शाही बताउँछन् । विना हातहतियार घुम्न, डुल्न र बोल्न नपाउने कस्तो लोकतन्त्र भन्दै आफुलाई सिध्याउने नियतले आक्रमण भएको उनले बताएका छन् ।

म बोल्नको लागि चितवन गएको थिएँ, माइक्रो बसमै आक्रमण भयो, सीटमुनि बसेर धन्न बाँचें’ शाही भन्छन् । आक्रमणमा परि घाइते भएका शाहीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
शाहीमाथि भएको आक्रमणको सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेको छ ।

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्