दशैंको ३ दिनसम्म नेपाल प्रहरीले निःशुल्क बस सेवा संचालन गर्ने, हेर्नुहोस् रुट र समय


 


काठमाडौं, असोज १८
दशैंको अवसरमा नागरिक सहजताको लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । असोज १९, २० र २१ गते गरी ३ दिनका लागि नेपाल प्रहरीले काठमाडौं उपत्यकाभित्र विभिन्न २ रुटमा निःशुल्क बस सेवा संचालन गर्ने भएको छ ।

निःशुल्क बस सेवा अन्तर्गत रुट नम्बर १ मा संचालन गरिने बस नक्साल, पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, नागस्थान, रत्नपार्क र दरबारमार्ग हुँदै पुनः नक्साल फिर्ता हुने छ ।

त्यस्तै रुट नम्बर २ मा संचालन गरिने बस नक्साल, मैतिदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बरमहल, माईतीघर, त्रिपुरेश्वर, नागस्थान, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार हुँदै पुनस् नक्साल फिर्ता हुने छ ।

नागरिकलाई आवागमनमा सजिलोका लागि विजय दशमीको अष्टमी, नवमी र दशमीका दिन संचालन गरिएका दुई वटै रुटका बसहरुले बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म तोकिएको रुटमा निरन्तर सेवा प्रदान गर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्