प्रक्राउ पर्ने भए महरा, यस्तो गयो प्रहरीमा उजुरी


 


काठमाडौं, असोज १८
यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरी परेसँगै प्रहरीले महरालाई प्रक्राउ गर्न थप सजिलो भएको छ ।

जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जाहेरी दिएको प्रहरीले जनाएको छ । यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी थिइन् । तर एकपछि अर्काे फरक फरक कुराहरु बताउँदै आएपछि घटना थप शंकास्पद बनेको थियो ।

अब पीडित महिलाले जाहेरी दिएसँगै अनुसन्धान अघि बढाउन प्रहरीलाई सहज भएको छ । प्रहरीले यो घटनालाई विस्तृत रुपमा अध्ययन गरिरहेको छ । कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज र अन्य प्राविधि पक्षको विश्लेषणले महरा घटनास्थलमा पुगेको पुष्टि भइसकेको प्रहरी दाबी छ । अब महरालाई पक्राउ गर्ने प्रहरीको तयारी छ ।

प्रकाशित मिति: १८ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्