नौबिसे–नागढुंगा सडक आज मर्मत गरिदै


 



काठमाडौं, असोज १९
दशैंको महाअष्ठमीको दिन यात्रुको चाप कम हुने भएपछि आज नौबिे–नागढंगा सडक मर्मत गरिने भएको छ ।

उच्च सवारी चापका कारण यसअघि मर्मत गर्न नसकिएको सडक आज मर्मत गर्न लागिएको हो । उक्त सडकखण्डको गणेश मन्दिर क्षेत्रमा मर्मत सम्भार गरिन लागिएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले बताए ।

यसअघि असोजको पहिलो साता दैनिक एक घण्टा एकतर्फी सवारी रोकेर सडक मर्मत गर्दा पाँच दिनसम्म सवारी आवागमनमा समस्या भएको छ । जामकै कारण एक विरामीको बस भित्रै मृत्युसमेत हुनपुगेको थियो ।

आज पनि एकतर्फी सवारी रोकेर नै सडक मर्मत गरिनेछ । तर, अहिले सवारी चाप अन्य समयको भन्दा धेरै कम भएकाले सवारी आवागमनमा असर नपुग्ने बताइएको छ । यदि समस्या आए काम रोकिने डिभिजन प्रमुख अधिकारीले बताए ।

प्रकाशित मिति: १९ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्