महरालाई पक्राउ गर्न अदालतद्वारा अनुमती, आजै पक्राउ गर्ने प्रहरीको तयारी


 



काठमाडौं, असाजे १९
बलात्कार आरोप लागेको निवर्बतमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पक्राउ गर्न अनुमति दिएको छ ।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीले महराले आफूलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध शुक्रबार नयाँ बानेश्वर प्रहरी बृत्तमा किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरी परेपनि प्रहरीले पक्राउ गर्न अदालतको अनुमति पाएको थिएन । आज अदालतबाट अनुमति मागेर प्रहरीले महरालाई पक्राउ गर्न लागेको हो ।

अदालतले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको महानगरी अपराध महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले बताए । उनले महरालाई जतिबेला पनि पक्राउ गर्न सक्ने बाटो खुलेको बताए ।

यसअघि सुरुमा आफूलाई बलात्कार गरेको भन्दै मिडियामा बोलेकी रोशनीले पछि बयान फेरेर महरा र आफूबीच बाबु छोरीको सम्बन्ध रहेको बताएकी थिइन् ।

प्रारम्भीक अनुसन्धानमै महरा रोशनीको कोठामा गएको र जबरजस्ती भएका धेरै प्रमाणहरु भेटिएपछि महराविरुद्ध रोशनी उजुरी दिन दवावमा परेकी थिइन् ।

प्रकाशित मिति: १९ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्