ट्राफिक नियम उल्लंघन गर्ने १२ हजारलाई कारबाही, तीब्र गतिमा गाडी चलाउने पनि फन्दामा


 



काठमाडौं, असोज २३
चाडबाडको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने झण्डै १२ जनालाई कारबाही गरिएको छ ।

ट्राफिक प्रहरीले जारी गरेको बुलेटिनअनुसार ट्राफिक नियम उल्लंघन गर्ने २१ हजार ९७२ जनालाई कारबाही गरिएको छ ।

ट्राफिक प्रहरीकाअनुसार अग्रीम बुकिङ टिकट नपाएको, टिकटमा भएको गाडी नम्बर र चढ्ने गाडी नम्बर फरक परेको, टिकटमा सिट नम्बर उल्लेख नभएको, भाडा बढी लिएको, टिकट काटेर पनि यात्रु नलिई गएकोलगायतका एक सय ४० वटा उजुरी परेका थिए ।

गएको ५ गतेदेखि २२ गतेसम्म कारबाहीमा परेका सवारीहरुसहित बुलेटिन सार्वजनिक गरिएको छ ।

जसअनुसार यो बीचमा मापसे सेवन गरेका एक हजार ९ सय ३६, दुई चालक नराख्ने २६ जना, हेल्मेट प्रयोग नगर्ने र जिगज्याग तथा तीब्र गतिमा सवारी साधन चलाउने २७ जना, बढी भाडा लिने तीन सय २१ जना, ओभरलोड तथा छतमा यात्रु राख्ने ४० जनालाई प्रहरीले कारबाही गरेको जनाएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्