गोली हानेर एक युवकको हत्या, बोराले बेरेर फालेको अवस्थामा शव फेला


 


बीरगञ्ज, कार्तिक १०
बीरगञ्ज महानगरपालिकामा एक जना युवकको गोली हानेर हत्या  गरिएको छ। महानगरपालिकाको कार्यालयको बारुण यत्रका कर्मचारी बुनिलाल चौरसियाको गोली हानी हत्या गरिएको हो ।

उनको बस बीरगञ्ज नगवास्थित पोखरीको किनामार तन्न र प्लाष्टिकको बोराले बेरेर फालिएको अवस्थामा शुक्रबार भेटिएको थियो । पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह रार्ठौरले चौरसियाको गोली हानेर हत्या गरिएको बताए ।

अनारायण अस्पतालमा शवको पोष्टमार्टमपछि गोली हानेर हत्या भएको पुष्टि भएको हो । उनको टाउकोमा दुई, छातीमा दुई र नाइटोमा एक गरि पाँचवटा गोली लालको अस्पतालले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि शुक्रबार नै एक दम्पतीलाई नियन्त्रणमा लिउको जनाएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्