अफगानिस्तानमा अचानक आएको बाढीमा परी ७० जनाको मृत्यु


 


एजेन्सी । अफगानिस्तानको घोर र फरयाब प्रान्तमा आएको भीषण बाढीमा परी कम्तीमा ७० जनाको मृत्यु भएको छ ।

शुक्रबार अचानक आएको बाढीमा परी अरु केही व्यक्ति बेपत्ता र घाइतेसमेत भएका छन् ।

मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। अफगान अधिकारीहरुका अनुसार यी क्षेत्रमा भारी वर्षापछि बाढी आएको हो।

बाढीबाट कयौँ पशुहरु मरेका छन् । २ हजारभन्दा बढी घर नष्ट भएका छन् ।

प्रकाशित मिति: ६ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्