पत्रकार खेम भण्डारी एक घण्टा जेल बसेर फर्किए


 



कञ्चनपुर, मंसिर ३
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अदालती प्रक्रियालाई प्रभावित पार्ने गरि समाचार सम्प्रेषण गरेको भन्दै कञ्चनपुरका पत्रकार खेम भण्डारी एक घण्टा जेल बसेर रिहा भएका छन् ।

उनी अदालतको अवहेलनामा जेल चलान भएर रिहा भएका हुन् । जिल्ला अदालतले राखेको शर्त पूरा नगरेपछि भण्डारीलाई आज जेल चलान गरिएको थियो ।

जिल्ला अदालत कञ्चनपुरले उनलाई तीन शर्तसहित एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको फैसाला गरेको थियो ।
जिल्ला बार इकाईले पत्रकार भण्डारीरिुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेको थियो ।

तर, भण्डारीले आफूले कुनै गल्ती नै नगरेको भन्दै अदालतको शर्त पालना गर्न अस्वीकार गरेका थिए । पत्रकार भण्डारी महेन्द्नगरबाट प्रकाशित हुने मानसखण्ड दैनिकका सम्पादक, रेडियो महाकालीका सञ्चालक तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष हुन् ।

प्रकाशित मिति: ३ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्