धरान र भक्तपुर हारको कारण केलाउँदै नेकपा


 


काठमाडौं मंसिर १८
सत्तारुढ दल नेकपाले उपनिर्वाचनको समीक्षा थालेको छ । उपनिर्वाचन सम्पन्न भएका ५२ वटै स्थानका कमिटीहरुलाई तीन दिनभित्र विस्तृत समीक्षासहितको प्रतिवेदन पठाउन नेकपा सचिवालयले बुधबार निर्देशन दिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न पार्टी सचिवालय बैठकले चुनावी समीक्षासहितको प्रतिवेदन पेश गर्न सबै क्षेत्रका कमिटीलाई निर्देशन दिएको हो । मातहतका कमिटीले पठाएको प्रतिवेदनका आधारमा मंसिर २३ को अर्को सचिवालय बैठकले समीक्षा गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

धरान उपहानगरपालिका र भक्तपुरको प्रदेशसभाको हकमा उपनिर्वाचन नेकपाका लागि विर्सनलायक बनेको थियो । बलियो पडक भएको ती दुवै स्थानमा नेकपालाई हराउँदै काँग्रेसले बाजी मारेको थियो । नेकपा सचिवालय बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

प्रकाशित मिति: १८ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्