मट्टितेलले आगो लगाएर हत्या !


 


मान्छे कतिसम्म क्रुर हुनसक्छ ? शरीरमा मट्टितेल छर्केर आगो लगाएर हत्या भएको घटनासमेत देखिन थालेका छन् समाजमा । डोटी जिल्लाको शिखर नगरपालिकाकी एक महिलाको परिवारकै सदस्यबाट आगो लगाएर हत्या गरेको आरोप लागेको छ ।
शिखर नगरपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले दोषारोपण गरेको हो ।
परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाइ शालिग्राम भट्टले आरोप लगाए । हत्यामा श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको जिकिर छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी तथा जानकारी नआएको बताए । उनले भने ‘घटनाबारे कुनै जानकारी र उजुरी आएको छैन, उजुरी आएपछि प्रहरीले आफ्नो काम थाल्ने छ ।’

शरीरमा आगो लागेपछि यही मङ्सिर ७ गते गम्भीर घाइते भएकी भावनालाई उपचारका लागि डोटीकै सुजङ अस्पतालमा पु¥याइएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उहाँलाई सेती पहिले प्रादेशिक अस्पताल कैलाली र पछि भारतको बरेली लगिएको थियो । बरेली अस्पतालले उहाँको स्वास्थ्यावस्थामा सुधार भएको भन्दै घर पठाए पनि घरमा ल्याउँदा उहाँको मृत्यु भएको थियो । भावना र शर्माबीच दुई वर्षअघि मात्रै विवाह भएको थियो ।

प्रकाशित मिति: १९ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्