राजधानीमा बसले ठक्कर दिएपछि विद्यार्थीले जलाए बस



काठमाडौं, पुस ७
बसले विद्यार्थीलाई ठक्कर दिएपछि राजधानीको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ। पशुपति क्याम्पसमा अध्यनरत विद्यार्थीलाई बसले ठक्कर दिएको हो।

पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई सोमबार विहान बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिएर घाइते बनाएको थियो । बसले ठक्कर दिएपछि आक्रोशित बनेक पशुपति क्याम्पसका विद्यार्थीले बस जलाएका हुन् ।

विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका थिए भने बा ३ ख ४४३३ नम्बरको बसमा तोडफोड गरेका छन् । आक्रोशित विद्यार्थी र प्रहरीबीच केहीबेर तनावको अवस्थासमेत सिर्जना भएको थियो । घाइते विद्यार्थी पन्तको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News