बसको ठक्करबाट सुकेधारामा छात्राको मृत्यु, विद्यार्थीले जलाए बस


 


काठमाडौं, पुस ७
बसको ठक्करबाट सुकेधारामा एक विद्यार्थीको मृत्यु भएको छ। आफ्नो साथीको बसको ठक्करबाट मृत्यु भएपछि विद्यार्थीले ठक्कर दिने बसमा आगजनी गरेका छन्।

आक्रोशित विद्यार्थी र प्रहरीबीच केहीबेर तनावको अवस्थासमेत सिर्जना भएको थियो । भक्तपुर रुटको बा ४ ख ५९२० को बसले विहान ठक्कर दिँदा २० वर्षिय सृष्टि पन्तको ज्यान गएको महाराजगन्ज प्रहरीले जनाएको छ।

उनलाई उपचारको लागि ओम अस्पताल गलिएको थियो। गोरखा घर भएकी उनी पशुपति क्याम्पसकी विद्यार्थी हुन्। बाटो काट्ने क्रममा उनलाई बसले ठक्कर दिएको थियो।

प्रकाशित मिति: ७ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्