मुख्यमन्त्रीले अभिभावकत्व लिएका विद्यार्थीलाई आवश्यक सामाग्री प्रदान



विराटनगर, पुस १८
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अभिभावकत्व लिनुभएका विद्यार्थीलाई आज (शुक्रबार) आवश्यक सामाग्री प्रदान गरिएको छ । गत बर्ष मुख्यमन्त्री राईले अल्पसंख्यक समुदायका तीन जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।

मोरङको रतुवामाई नगरपालिका ५ र ६ नम्बर वडाका रोजिना खातुन, सुर्दशन मुर्मु र विनोद मुर्मुको घरमा पुगेर आवश्यक सामाग्री प्रदान गरिएको हो । मोरङको रतुवामाईस्थित सरस्वती माविमा अध्ययनरत यी बालबालिकाहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री, खाद्यान्न सामाग्री र जाडोको लत्ता कपडा प्रदान गरिएको हो ।

रतुवामाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष तुलाराम लुँइटेल, समाजसेवी, भरतमणी कार्की, शिक्षक भिम लुँइटेल, शिक्षिका भिमकला बस्नेत र विद्यार्थी नेता भाष्कर खनालको उपस्थितिमा मुख्मन्त्रीको तर्फबाट प्रेस सल्लाहकार ध्रुव सुवेदीले आवश्यक सामाग्री प्रदान गर्नुभएको हो ।
विद्यार्थी भर्ना अभियानको क्रममा २०७५ बैशाख ९ गते यी बालबालिकाहरुको मुख्यमन्त्री राईले अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।

उनिहरु बाल कक्षामा अध्ययनरत छन् । अत्यन्तै गरीब परिवारका यी बालबालिकाहरुको पठन पाठन र रेखदेखको जिम्मेवारी मुख्यमन्त्री राईले लिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News