गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन महायज्ञ


 


चितवन, पुस २८
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन महायज्ञ लगाइने भएको छ । आउँदो माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको धुर्मुश सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बताए।

महायज्ञ सम्पन्न गर्न प्रदेश सभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मूल समिति गठन गरिएको छ । महायज्ञबाट ५० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेको समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए ।
पछिल्लो समय रङ्गशाला निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ । सहयोग जुट्ने क्रमसमेत निरन्तररुपमा अघि बढेको छ ।

धुर्मुश सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणले निरन्तरता पाएको जानकारी दिए । उनका अनुसार मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ ।

पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन क्रममा छ । रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ । रङ्गशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २८ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्