बझाङमा गयो भूकम्प!


 


बझाङ , माघ २
भूकम्प दिवसकै दिन बझाङमा बिहीबार बिहान भूकम्प गएको छ ।

बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्प गएको ठाउँमा अहिले फोनसम्पर्क बन्द भएको छ।

प्रकाशित मिति: २ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्