बालुवाटारमा राखिएको बम सेनाद्वारा निष्कृय


 


काठमाडौं , माघ २
बालुवाटारमा राखिएको बम सेनाद्वारा निष्कृय पारिएको छ। प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव समूह)ले बालुवाटारस्थित ललिता निवासमा राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको हो । गएराति ११ बजे नेपाली सेनाको टोलीले बम निष्कृय पारेको थियो।

विप्लव समूहले प्रधानन्यायाधीश निवास नजिकै ललिता निवास जग्गामा विष्फोटक पदार्थ राखेको थियो। विप्लव समूहले विष्फोटक पदार्थसँगै उक्त जग्गा कब्जा गरेको उल्लेख गरी पर्चासमेत राखेको थियो ।

ललिता निवास जग्गा व्यक्तिको नाममा खरिदबिक्री गर्ने काममा संलग्न भएको भन्दै विप्लव समूहले नागार्जुन-१ नर्सरीचोकस्थित शोभाकान्त ढकालको घरमा बम विष्फोटसमेत गराएको थियो ।

प्रकाशित मिति: २ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्