हतियारसहित नेपाल आएका १० भारतीय प्रहरी नियन्त्रणमा


 


काठमाडौं, माघ २
कैलालीमा हतियारसहित नेपाल आएका १० भारतीय प्रहरी नियन्त्रणमा परेका छन्। लम्की चुहा नगरपालिका–९ पितमारीबाट हतियारसहित बर्दिमा रहेका ती भारतीय प्रहरीलाई नेपाल प्रहरीले
पक्राउ गरेको हो।

बाँकेको नेपालगञ्ज नाकाबाट नेपाल प्रवेश गरेका भारतीय प्रहरीलाई चिसापानी–अछाम सडक अन्तर्गत पर्नेपितमारीबाट आज साँझ नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका भारतीय प्रहरीलाई कैलालीको चिसापानीस्थित ईलाका प्रहरी चौकीमा राखेर प्रहरीले सोधपुछ गरिरहेको छ ।

भारतीय प्रहरी युपी ३२डीजेड ४३५४ नम्बरको गाडी सहित पक्राउ गरेको हो ।नेपालगञ्जबाट पितमारीको बीचमा प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका समेत गरी एक दर्जनभन्दा बढि पोष्ट छन् । त्यहीबीच बर्दिया नेशनल पार्क पनि छ । जहाँ नेपाली सेनाले हरेक गाडीको खानतलासी गर्छ । तर हतियार सहित रहेका भारतीय प्रहरी भने बर्दिमै त्यही बाटो भएर चिसापानी पुगेका थिए ।

प्रकाशित मिति: २ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्