दुवाडीले ल्याए ‘जुँगेझाँक्रीको भूत’



धादिङ, असार १४

पत्रकार तथा ब्यंग विधामा कलम चलाउन रुचाउने साहित्यकार केशव दुवाडीद्वारा लिखित ‘जुँगेझाँक्रीको भूत’ नामक बालकथा संग्रहको मंगलबार यहाँ आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले कथाको विमोचन गर्दै बालबालिकालाई कथाको माध्यमबाट नैतिक कुरा सिकाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

बालबालिकालाई नैतिक शिक्षा दिने तथा मेलमिलाप, सामाजिक उत्तरदायित्वसँग सम्बन्धित नौवटा कथा संग्रहमा समेटिएको छ ।

प्रकाशित बालकथा संग्रहले बालबालिकामा सामाजिक उत्तरदायित्व जगाउने र कक्षा पाँचदेखि आठसम्मका विद्यार्थीका लागि पुस्तक अति उपयोगी हुने साहित्यकार भद्री दहालले टिप्पणी गर्नुभयो । ४४ पेजमा समेटिएको पुस्तकका हरेक कथाले नीतिगत र शुत्रगत सन्देश दिनेछन् । रासस

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
© 2018 Deshko News