Home » साहित्य (page 4)

साहित्य

जसलार्इ फेसबुकले बनायो कवि

काठमाडौँ, मंसिर ९ वैदेशिक रोजगारीका लागि विदेश जानेहरूले ‘रेमिट्यान्स’ त ल्याउँछन् नै, तीमध्ये केहीले भने साहित्य, कला र संस्कृतिरुपी ‘रेमिट्यान्स’ पनि ल्याउने क्रम बढिरहेको छ । यसै क्रममा पछिल्लो पटक यस्तै कविताको ‘रेमिट्यान्स’ लिएर स्वदेश फर्किएका छन्, बहराइनमा कार्यरत भोजपुर, छिनामखुका युवा सुन्दर गुरुङ । उनै गुरुङको पहिलो कविताकृति ‘आफूले खोजेको स्वर्ग’ बिहीबार राजधानीमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव ...

Read More »

नेपाली बृहत शब्दकोष सच्याइने

काठमाडाैं, मंसिर २ पछिल्लो संशोधित नेपाली भाषाको वर्णविन्यासमा विवाद भएपछि नेपाल प्रज्ञा–प्रतिष्ठानले बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय गरेको छ । गत कात्तिक ३० को प्राज्ञिक परिषद् बैठकले शब्दकोष सच्याउने निर्णय गरेको कुलपति गङ्गाप्रसाद उप्रेतीले बताए। उनले भने, ‘नेपाली भाषाको परिवर्तनका लागि प्रयास गरिएको भए पनि त्यो विवादास्पद बनेको हुँदा सबैले स्वीकार्ने गरी व्याकरण बनाइन्छ।’ मानक नेपाली भाषाको मौलिकतामा प्रहार गर्न ...

Read More »

नेपाल–कोरिया साहित्य–संस्कृति सम्मेलन फागुनमा हुँदै

काठमाडौँ, कार्तिक २९ नेपाली लेखक संघ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यिक एवं सांस्कृतिक आदान–प्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ । सोमबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबीच संघका अध्यक्ष श्रवण मुकारुङले फोरमका महासचिव दाइकी जुङसमक्ष ५० नेपाली कविका ६० कविता ८ कथाकारका कथा अनुवादका लागि प्रदान गरेका थिए । गामी फागुनको ११ देखि चार दिनसम्म काठमाडौंमा नेपाल—कोरिया पहिलो साहित्य ...

Read More »

भारतमा शशी–वसन्त सम्मानित

काठमाडौँ, कार्तिक २८ भारतको पूर्वोत्तर राज्य असममा कवि तथा प्राज्ञ शशी लुमुम्बू र सङ्गीतकार वसन्त मुकारुङ सम्मानित भएका छन् । भारत वर्षका प्रख्यात कवि, गायक तथा सङ्गीतकार भूपेन हजारिकाको छैटौँ स्मृति दिवसका अवसरमा उनकै जन्मथलो डिबु्रगढमा श्रुति शिल्पी समाज, असमले आयोजना गरेको भूपेन स्मृति दिवसका अवसरमा शशी–वसन्तलाई सम्मानित गरिएको हो । असमका विभूति मानिने स्व. हजारिकाको सिर्जनालाई नेपालका साथै विश्वभरका ...

Read More »

भर्जिनिया उल्फ र आँसुका फूल विमोचित

काठमाडौँ, कार्तिक १९ बेलायतमा बसेर साहित्यिक कर्म गरिरहेकी जया राई आफ्नो पछिल्लो कृतिका साथ नेपाल आएकी छिन् । ‘भर्जिनिया उल्फ र आँसुका फूल’ नामक उनको नियात्राकृति बिहीबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कवि, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले विमोचन गरे । गद्य लेखनमा जया राईको पकड बलियो रहेको उल्लेख गर्दै प्रमुख अतिथि काइँलाले भने, ‘मिठासपूर्ण भाषा–शैलीमा जयाले विभिन्न ...

Read More »

देउसी नाच र ईश्वरबहादुरको मृत्यु !

शशी लुमुम्बू सुनै र जस्तो के फूल फुल्यो हा हा है काँकरी झ्यालैमा मोती र जस्तो आँसु झर्यो छुट्टिने बेलैमा … मादले लेग्रो तानी–तानी बिलानी गाउँदै थिए । मादलको तालमा हात घुमाई–घुमाई मारुनी पनि आँगनीमा फनफनी नाचिरहेका थिए । त्यसैबेला काठमाडौँबाट आएको देश भेनाको फोनले एकाएक अत्यायो हामीलाई । कात्तिकको चिसोमा पनि मेरो निधारमा चिट–चिट पसिना उम्रियो । ‘हैन कत्ति ...

Read More »

अाहै भन भन भाइ हाे-नाै मैना, अाहै मान सिं, तान् सिंह–लोकमान सिं, अाहै चुनावको मिति–तय होस् नेपाली जनताको–जय होस्

प्रज्ञा सिस्नुपानी जागरण देउसी २०७३ भन भन भाइ हो –नौ मैना गन गन बैनी हो –नौ मैना गर्भमा मान्छे –नौ मैना सरकारका भान्छे – नौ मैना मनमोहन सरकार –नौ मैना ओली सरकार –नौ महिना प्रचण्ड सरकार –नौ मैना पख पख देउवा –नौ मैना। हामी त्यसै आएनौँ अदालतले खटायो लोकमानजीको घरमा नोटिस् टाँस्न पठायो। नोटिस् टाँस्न जाँदा घरमा ज्वाइँ राजाले खेदेका ...

Read More »

आज देवकोटाको १०८ औं जन्मजयन्ती

काठमाण्डौ, कार्तिक १४ नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्ती देश–विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विक्रम संवत् १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन पण्डित तिलमाधव देवकोटा र अमरराज्य लक्ष्मीदेवी देवकोटाका साहिँलो छोराका रुपमा काठमाडौंको डिल्लीबजारमा देवकोटाको जन्म भएको थियो । दश वर्षको उमेरबाट साहित्य रचना लेखन थालेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, ...

Read More »

ताना शर्मालाई नियात्रा सम्मान

काठमाडौँ, कार्तिक १३ वरिष्ठ नियात्राकार डा. तारानाथ शर्मालाई नियात्रा सम्मानद्वारा सम्मानित गरिएको छ । प्रथम नियात्राकृति प्रकाशित भएको शतवार्षिकीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र नियात्रा समाज, नेपालद्वारा राजधानीमा आयोजित कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शर्मालाई दोसल्ला र ताम्रपत्रले सम्मान गरे । सम्मान समर्पण गर्दै कुलपति उप्रेतीले ‘सिर्जनात्मक साहित्यका लागि नियात्राकार शर्माको नियात्रा उत्प्रेरक रहेको’ बताउँदै भने, ‘शर्माको भाषाशैली सुललित हुन्छ । ...

Read More »

न्यौपानेको कर्ममा बालबालिकाको आवाज

काठमाडौं, कार्तिक ८ कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानको दोस्रो कृति ‘कर्म ः सिकाइमा गहिरिएको खाडल’ माथि शनिवार परिचर्चा गरियो । ‘शिक्षकले सिकाएको कुरा विद्यार्थी सम्म पुगेको छैन । विद्यार्थीले किन सिक्न सकेनन् ? यसमा विभिन्न फ्याक्टर छन्,’ कार्यक्रमको शुरुमै माधव अधिकारले भने, ‘सिकाइ कमजोर हुनुमा के के फ्याक्टर जिम्मेवार छन् ? यो कुरा ‘कर्म ः सिकाइमा गहिरिएको खाडलमा केलाइएको छ ...

Read More »