लोकसभा चुनाव : भारतमा आज दोस्रो चरणको मतदान हुँदै


 


एजेन्सी । भारतीय लोक सभाका लागि विभिन्न राज्यमा आज दोस्रो चरणको मतदान हुँदैछ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार दोस्रो चरणमा १३ राज्यका ८८ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो ।

यसमा केरलाका २०, कर्नाटकका १४, राजस्थानका १३ र उत्तर प्रदेशका ८ निर्वाचन क्षेत्रमा मतदान हुनेछ ।

भारतीय लोकसभाको चुनाव ७ चरणमा सकिने छ । पहिलो चरणको मतदान वैशाख ७ गते भएको थियो ।

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्