राष्ट्रियताबारे ईश्वरका पाँच मुक्तक


 




पूर्व मेची पश्चिम् महाकाली जाग्नु पर्छ अब।
उठ मधेसी, पहाडी, हिमाली जाग्नुपर्छ अब।
दिनहुँ मिचिदैछ्न सीमाहरु कति सहेर बस्ने
मातृभूमि जोगाउन नेपाली जाग्नुपर्छ अब।


भित्र–भित्रै यिनिहरु सबै मिलेको हुनपर्छ।
जनता भुलाउनलाई नाटक गरेको हुनुपर्छ।
छिमेकीले सीमा मिचेको थाहा छैन भन्छन्
भ्रष्ट नेताहरूले पक्कै देश बेचेको हुनुपर्छ ।


काम होस् वा नहोस् दिनहुँ भत्ता चाहिन्छ।
महँगो गाडी अनि महङ्गै लुगालत्ता चाहिन्छ।
अर्कैले देश लुटेर लगेपनी कुनै वास्ता हुन्न
मेरो देशको नेतालाई, मात्र सत्ता चाहिन्छ।


कहाँ कति छ सीमा सबै अब लगत राख्नुपर्छ।
देशको लागि जीउ ज्यान जमानत राख्नुपर्छ।
किन लाचार बनेको सरकार विदेशीको सामु
गुमेको भूमी फिर्ता माग्ने हिम्मत राख्नुपर्छ


लागौं हामी सबै बनाउन नेपाल आमालाई।
पाइरहूँ छातीमा सजाउन नेपाल आमालाई।
गिद्दे नजर लगाउदै छ छिमेकीले आज फेरि
जागौं उठौं अब बचाउन नेपाल आमालाई।

ईश्वर कुँवर ‘साँफे’
धनगढी, कैलाली ।

प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्