अहिलेसम्म कति जनाले जिते कोरोना ? यस्तो छ सातवटै प्रदेशको अपडेट


 



काठमाडौं, साउन २४
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म विश्वभर ६ लाख भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।

नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमण तीब्र हुनुका साथै ज्यान लक्षणसहितका विरामी देखिनुका साथै संक्रमित पनि बढ्न थालेपछि देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी हुन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म नेपालमा २२ हजार बढी संक्रमित पुगिसकेका छन् । कोरोना संक्रमण भएर निको हुनेको संख्या १६ हजार ३१३ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेहरुको संख्या १६ हजार ३१३ पुगेको जानकारी दिए । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।

कुन प्रदेशमा कतिले जिते कोरोना ?

प्रदेश नं. १ – ९४२

प्रदेश नं. २ – ३३२६

बाग्मती प्रदेश– ६००

गण्डकी प्रदेश– ११४१

प्रदेश नं. ५ – ४१७९

कर्णाली प्रदेश – १८८७

सुदूरपश्चिम प्रदेश– ३९३८

प्रकाशित मिति: २४ श्रावण २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्