सिटिइभिटीका स्थगित परीक्षा कात्तिक तेस्रो सातादेखि


 



काठमाडौं, असोज २३
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ९सिटिइभिटी०ले लकडाउनका कारण स्थगित परीक्षा कात्तिक तेस्रो सातादेखि  लिने तयारी गरेको छ।

आज सूचना निकाल्दै सिटिइभिटीले स्थगित भएका डिप्लोमा, प्रमाणपत्र तह प्राविधिक एसईई तहका नियमित तथा आंशिक परीक्षाहरु नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड अनुसार लिने जनाएको हो। सिटिइभिटीले परीक्षाको तालिका पनि छिट्टै प्रकाशित गर्ने जनाएको छ। 

कोरोना महामारी फैलिएपछि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो। त्यसपछि स्थगित भएका परीक्षा सन्चालन हुन सकेका छैनन्। 

प्रकाशित मिति: २३ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्