कोरोनाबाट थप १६८ जनाको मृत्यु, ९ हजार ३०५ जनामा संक्रमण


 



काठमाडौं, वैशाख २९
कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा २० हजार ३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाचएको छ ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्