सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


 



काठमाडौं, जेठ १६
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन शुक्रबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदी तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १६ जेष्ठ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्