काठमाडौंका दुई स्थानबाट धनमाल चोरी


 


काठमाडौं, वैशाख १८ । काठमाडौं महानगरपालिका–१० बिजुलिबजार शान्तिभूमि मार्ग डेरा गरी बस्ने अर्घाखाँची छत्रदेव गाउँपालिका–७ घर भएका ३३ वर्षीय बैभव पाण्डेको कोठाबाट धनमाल चोरी भएको छ ।

कोठामा कोही नभएको अवस्थामा ढोकाको ताल्चा खोलेर सुन र चाँदीका विभिन्न गहना समेत गरी करिब ४ लाख ६९ हजार रूपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरि नगरपालिका–१० बोशिगाउँ बस्ने हरिसिद्वी खड्गीको घर र सोही घरमा डेरा गरी बस्ने राजेन्द्र नेपालीको कोठाबाट नगद तथा
विभिन्न गहना चोरी भएको छ ।

उनीहरुको करिब ११ लाख ७ हजार ५ सय ८० रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्