आईपीएल : दिल्लीलाई हराउँदै बैंगलोर विजयी


 


एजेन्सी, वैशाख ४
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित हासिल गरेको छ ।

गएराति भएको खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गरेको हो ।

बैंगलोरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो ।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो ।

यस जीतसँगै बैंगलोरले ६ खेलमा ८ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: ४ बैशाख २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्