सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ भएन


 


काठमाडौँ, वैशाख १६ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आइतबार पेसी तोकिए पनि सुनुवाइ भएन ।

आइतबार लामिछाने संलग्न रहेको बलात्कार सम्बन्धी मुद्दा न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर इजलासले उक्त मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर गरेपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।

प्रकाशित मिति: १६ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्