निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आज, यी हुन् एजेन्डा


 


काठमाडौं, जेठ २६
निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ । जिल्ला निर्वाचन खारेजीलगायत विषयमा छलफल गर्न आज बिहान साढे ११ बजे आयोगको सभाहलमा सर्वदलीय बैठक बस्न लागेको हो ।

जेठ १५ गते प्रस्तुत भएको बजेट वक्तव्यमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु खर्च कटौती गर्न २० वटाभन्दा बढी निकाय खारेज गर्ने बताएका थिए ।

जसमा जिल्ला निर्वाचन कार्यालयहरू खारेज गरी जिल्ला प्रशासन कार्यालयको इकाइको रूपमा राख्ने र निर्वाचन कार्यालयहरु प्रदेशमा मात्र रहने बजेट वक्तव्यको अनुसुचीमा उल्लेख छ ।

सोही लगायतका विषयमा छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने १४ दललाई आयोगले बोलाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यको अनुसूचीमार्फत जिल्ला निर्वाचन कार्यालयको विषयमा गरिएको व्यवस्था, निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक नेपाल सरकारमार्फत संसद्मा पेस, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन र राजनीतिक दलको लेखा तथा लेखापरीक्षण लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्