सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा एकीकृत समाजवादीका साेडारीले गरे दाबी पेस
धनगढी, वैशाख ६ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेस गरेका छन् ।
उनले बिहिवार दिउँसो ४ बजे प्रदेश प्रमुखलाई भेटेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।
पसोडारीले नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्र १ र एकीकृत समाजवादी पार्टीका ४ जना सासंदको लिखित सर्मथन जुटाएर मुख्यमन्त्रीका लागि दावी पेस गरेका हुन् ।
वैशाख ४ गते साँझ ६ बजेतिर स्पष्ट बहुमत नरहेको भन्दै सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पुनः मुख्यमन्त्रीमा बहुमत जुटाएर दाबी पेस गर्न आह्वान गरेका थिए ।
यसअघि नागरिक उन्मुक्ती पार्टीबाट दुई जनाले स्पष्ट बहुमत आफूसंग भएको भन्दै मुख्यमन्त्रीका लागि दाबी पेश गरेपछि प्रदेश प्रमुखले दुई दिन थप समय लिएका थिइ ।
प्रकाशित मिति: ६ बैशाख २०८१, बिहिबार