संसदीय छानबिन समिति बनाउन सरकार तयार : सचिव भट्टराई


 


काठमाडौं, जेठ ८ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संसदीय छानबिन समिति बनाउन सरकार तयार रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले यस विषयमा प्रमुख प्रतिपक्ष दल कांग्रेससँग पनि छिट्टै सहमति जुटने विश्वास व्यक्त गरे ।

यसैगरि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सांसदको गतिरोध शोभनीय नभएको बताए ।

उनले सरकार संयमित, लचिलो र मध्यमार्गका लागि धैर्यता गरिरहेको तर प्रमुख प्रतिपक्षले मुठभेडमा लगेको आरोप लगाए ।

सैद्धान्तिकरुपमा छानबिन समिति बनाउन सरकार पक्षका दलहरु तयार भएको भन्दै संसद् गतिरोध आवश्यक नभएको उनको भाई थियो ।

प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्