अर्थमन्त्री पुनको सम्पत्ति खातामा ३३ लाख रुपैयाँ र पार्टीले दिएको गाडी


 


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आफ्नो बैंक खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको देखाएका छन् ।

सरकारले सार्वजनिक गरेको मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणअनुसार पुनसँग चल सम्पत्तिका रूपमा एनएमबी बैंकमा उक्त रकम मौज्दात रहेको उल्लेख छ ।

यसबाहेक उनीसँग पैतृक सम्पत्तिका रुपमा रोल्पामा ८२० वर्गमिटरमा फैलिएको घर रहेको छ । यसबाहेक उनीसंग अरु सम्पत्ति नरहेको उल्लेख छ ।

यस्तै पुनसँग पार्टीले दिएको एउटा सवारी साधन भने रहेको विवरणमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्