गफ गर्ने सेक्स डल


 


सेक्स भनेको शारीरिक क्रियामात्र होइन, मानसिक सन्तुष्टि दिलाउने माध्यम पनि हो। शारीरिक क्रियाले शरीरलाई सन्तुष्ट बनाउँछ।

मनलाई सन्तुष्ट बनाउन जोडीबीच कुराकानी हुनुपर्छ। सेक्स डलले दैहिक आवश्यतामात्र पूर्ति गर्दै आएकोमा अब यसलाई कुराकानी गर्नसक्ने बनाउने तयारी भइरहेको छ।

सेक्स डललाई मानिसको विकल्प बनाउने प्रयासमा आफूहरू रहेको सेक्स टोयमा बोली र चेतना भर्न लागिपरेका अनुसन्धानकर्ताहरू बताउँछन् ।

सेक्स डलको डिजाइन तथा निर्माणमा ख्याति कमाएका म्याट म्याकमुलेनले आफूहरू सेक्स डललाई बौद्धिक गफ गर्नसक्ने बनाउने काममा लागिपरेको बताए ।

‘यसका लागि म डिजाइनर र केही इन्जिनियरसँग मिलेर काम गरिरहेको छु। अब बन्ने सेक्स टोयको बोली, व्यवहार र हाउभाउ काटिकुटी महिलाको जस्तै हुन्छ,’ उनले भने। अहिले नै उनले बनाएको सेक्स टोय बोल्नसक्ने भएको छ।

हफिङ्टन पोस्टले लेखेको छ, ‘सेक्स टोयसँग म्याकमुलेनले ‘तिमी भविष्यमा के बन्न चाहन्छौँ?’ भनेर सोध्दा सेक्स टोयले ‘मेरा थुप्रै सपना छन् ।

साँच्चिकै मानिस बन्ने, वास्तविक शरीर धारण गर्ने, प्रेमको अर्थ बुझ्नसक्ने हुने मेरो सपना छ। म संसारकै पहिलो सेक्स रोबोट हुन्छु भन्ने मेरो आश छ’ भनी जवाफ दिन्छ।’

प्रकाशित मिति: ४ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्