अाइफाेनमा पनि चल्न थाल्याे फाेरजी


 


काठमाडाैं, माघ २५

नेपाल टेलिकमलेको फोर जी सेवा आइफोनमा पनि चल्न थालेकाे छ ।  यसअघि एप्पलले आइफोन ६ र ७ मा टेलिकमको लोकेशन कोड इनेबल नगर्दा फोरजी एक्टिभेट हु सकेको थिएन ।

अब आइफोनका सबै सिरिजमा फोरजी चलाउन सकिने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । गत जनवरी १ गतेदेखि काठमाडौं र पोखराबाट नेपाल टेलिकमले पोष्टपेडमा फोरजी सुरु भएको थियो ।

माघ २२ गतेदेखि यि ठाउँमा प्रिपेड ग्राहकले पनि फोरजी चलाउन पाएका छन् । टेकिकमले एप्पलसँग सम्झौता गरेर समस्या सुल्झाएको छ ।

एप्पलसँग सम्झौता भएएकाले अब आइफोन सिक्स, सिक्स एस, सेभेन र सेभेनप्लसमा टेलिकमको फोजी नेटवर्क चल्ने टेलिकमले बताएको छ । एनसेलमा भने यसअघि नै फाेरजी चल्दै अाएकाे थियाे ।

प्रकाशित मिति: २५ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्